२९ आश्विन २०८३, बिहिबार

‘सोरठी’ बचाउ अभियानमा रोल्पाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rolpa (2) – ईश्वरी जीएम
रोल्पा । रोल्पाको मौलीक संस्कृतिको रुपमा रहेको सोरठी (सिंगारु) गीत तथा नृत्य लोप हुन लागेको भन्दै त्यसलाई बचाउन पछिल्लो पुस्ता लागिपरेको छन् ।

सोरठी नाचलाई संरक्षण गर्न नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले रोल्पाको जुगारमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा स्थानीय महिला तथा पुरुष निकै चासो र उत्सुकताका साथ सहभागि भएका छन् ।

rolpa (1)जिल्लाका विभिन्न स्थानमा लाग्ने महत्वपूर्ण मेला पर्व, गाउमा हुने विवाह, पुजा समारोह लगायतका स्थानमा यो नृत्यलाई विशेष प्रकारले प्रस्तुत गर्ने गरिन्थ्यो । पछिल्लो समय बिशेष गरि १० वर्षे सशस्त्र युद्धताका देखि यो संस्कृति लोप हुदै गएकाले यसको संरक्षणमा आफुहरु जुटेको स्थानीय माधब घर्तीमगरले बताए ।

‘पुर्खाले सिर्जाएको यो संस्कृतिलाई छोरा नातीको पालामा पनि जीवित राख्ने धोको छ’ उनले भने । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ तथा लोक गायीका पवित्रा घर्तीमगरले रोल्पाको सोरठी लगायत देशका थुप्रै कला संस्कृतिहरुको संरक्षण गर्दै त्यसको अभिलेखिकरण गरेर पुस्ता हस्तान्तरण गर्न यस्ता प्रशिक्षणले महत्वपुर्ण भूमिका खेल्ने धारणा राखिन् ।

पुरुषहरु महिलाको जस्तै भेषभुषामा सजिएर जोडि बनाई स्थानीय बाजाहरुको ताल र पुरानो गीतको भाकामा कम्मर मर्काएर नाच्नु यसको आकर्षक हो । यो नाच हेर्न जम्मा भएकाहरुले नचारुहरुलाई आशिष स्वरुप कानमा दक्षिणा (पैसा) समेत लगाईदिन्छन ।

rolpa (3)दक्षिणाबाट उठेको पैसा कलाकारले ड्रेस,वाद्यवादनका सामान किन्नमा खर्च गर्दछन् । प्रशिक्षण कार्यक्रमको आयोजना भएकोमा स्थानीय निकै खुशी देखिएका छन् । आईतबार सम्म चल्ने करिब १ हप्ताको प्रशिक्षण कार्यक्रमपछि जिल्लाका अन्यत्र स्थानमा आफुहरुले पनि प्रशिक्षण दिन सक्ने क्षमताको विकास भएको सहभागिहरुले बताएका छन् ।

रोल्पामा सोरठी, सारङ्गे, भुमे नाच, साईला बरै, ज्योमारे, ठाडो भाका लगायतका गीत तथा नृत्य प्रचलनमा रहेपनि पछिल्लो समय गाउ समाजमै त्यति प्रदर्शन भएको पाईदैन जसले गर्दा यसको संरक्षणमा जुट्नैपर्ने आवश्यकता देखिएको मगर भाषा विज्ञ तथा अथार मगरात मगर प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष बमकुमारी बुढामगर बताउछिन् ।