२८ आश्विन २०८३, बुधबार

धार्मिक दर्शन भन्दै घरबाट निस्केका युवती सेक्स पार्टीमा भेटिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-convence1नयाँदिल्ली । धार्मिक स्थल दर्शन गर्न घरबाट गएका युवतीहरु सेक्स पार्टीमा भेटिएपछि भारतमा बबाल मच्चिएको छ ।

भारतको श्रीनाथीको दर्शनको बहानामा गएका ८० जनालाई प्रहरीले सेक्स पार्टीबाट पक्राउ गरेको हो ।

भारतको उदयपुर–अहमदावाद सडकखण्डस्थित होटल एण्ड रिसोर्ट उदय प्यालेसमा प्रहरीले छापा मारेको थियो । प्रहरीले उक्त स्थानका होटलहरुमा सामूहिक वेश्यावृत्ति भईरहेको सूचनाको आधारमा छापा मारेको थियो ।

उक्त सेक्स पार्टी रिसोर्ट मालिक पंकज बंसल र उनी पत्नीले आयोजना गरेका हुन् । उक्त पार्टीमा दलालका माध्यमबाट भोपाल, दिल्ली, नीमच, मुम्बई, आगरा, अहमदावादलगायतका स्थानबाट समेत युवतीहरु आएका थिए ।

पार्टीमा ४ देखि १५ हजार रुपैयासम्ममा युवतीहरु आएका थिए । रिसोर्टका सञ्चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । एजेन्सी