२८ आश्विन २०८३, बुधबार

अदालतमै अभियुक्तले न्यायधीशलाई गोली हानेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestol-attackकाठमाडौं । संसारमा अपराध अनौठा अनौठा हुने गर्दछन् । अदालत भनेको न्याय दिने ठाउँ हो । र दोषीलाई सजाय दिने ठाउँ हो । सत्य तथ्य घटना बुझ्ने ठाउँ पनि हो ।

जसलाई संसारको सबैभन्दा सुरक्षित ठाउँ मानिन्छ । किनकि त्यो ठाउँ न्याय दिने ठाउँ हो । पीडितले न्याय पाउने ठाउँ हो । पीडकले सजाय पाउने ठाउँ हो ।

तर, इटलीको एक अदालतमा रोष्टमा उभिएका अभियुक्तले न्यायधीशलाई गोली हानेर मारेका छन् । बिहिबार दिउँसो वकिलबीच मुद्दाको बाव प्रतिवाद चलिरहदा कम्पनी टाट पल्टिएको मुद्धामा मुछिएका व्यक्तिले न्यायधीशलाई गोली हानेर मारेका हुन् ।

अभियुक्त ४५ वर्षे क्लाडियो गार्डेलियोले गोली चलाउँदा १ न्यायाधीशसहित ४ जनाको ज्यान गएको हो । उनले आफ्नै वकिलको पनि गोली हानी हत्या गरेका छन् ।

घटनापछि न्यायधीशलाई गोली हानेको अभियोगमा गार्डेलियोलाई प्रहरीले पक्राउ गरेको छ । कम्पनी टाट पल्टिएको विषयमा परेको मुद्धाको सुनुवाईमा आएका उनले पहिला आफ्नै वकिललाई गोली हानेका थिए ।

भीडमा अन्धाधुन्ध गोली चलाएपछि उनले अदालतको माथिल्लो तलामा गई न्यायाधीश फर्नान्डो कियाम्पीलाई गोली हानेका थिए । गोली हानेपछि प्रहरीले नियन्त्रणमा लिएर उच्च कारागारको नजरबन्दमा राखेको छ । उनी निकै तनावमा आएर गोली चलाएको प्रहरीको अनुमान छ । एजेन्सी