– बीरबहादुर गिरी
जाजरकोट २७ चैत । जाजरकोटमा फैलिएको अज्ञात रोगबाट दश जनाको मृत्यु भएको छ भने सयौं बिरामी परेका छन् । एक सातादेखि फैलिएको अज्ञात रोगको प्रकोपबाट शुक्रबारसम्म मृत्यु हुनेको संख्या दश पुगेको हो ।
प्रकोपबाट एउटै गाविसमा ८ जनको मृत्यु भएको छ । मृत्यु हुनेमा पैंक गाविस वडा नं ६ का जैसरी रोकाय, वडा नं ५ का खम्बबहादुर नेपाली, बीरबहादुर रोकाय, वडा नं ३ जैरुपा उपाध्याय, वडा नं ६ की लक्ष्मी रोकाय र धनबहादुर रोकाय वडा नं ४ की कल्दरी रोकाय र वडा नं २ का तिलक गिरी रहेको जनता उच्च माद्यमिक बिद्यालयका शिक्षक शिक्षक मोहन शाहीले जानकारी दिएका छन ।
त्यस्तै अर्छानी गाविस र नायकवाडा गाविसका एक /एक को मृत्यु भएको प्रहरीले जनाएको छ । बिरामीको उचित उपचार र रोगको पहिचान हुन नसक्दा बिभिन्न स्थामा रोग फैलन थालेको छ ।
रोगबाट नायकवाडा, सक्ला, पैंक, अछार्नी, टालेगाउँ, पजारु लगायतका गाविसमा सयौं स्थानीय विरामी परेका छन । शुरुमा बिरामीलाइ टाउको, छाति र हात खट्टा दुख्ने, वाकवाकी लाग्ने र ज्वरो आउने र मृत्यु हुने गरेको स्थानीयले बताएका छन ।
दुर्गम गाउँका स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मी नहुदा बिरामीको उपचारमा समस्या भएको पैंक १ का गम्बबहादुर सिंहले बताए । प्रकोपबाट धेरै प्रभाबित पैंकमा एक जना चिकित्सक सहित स्वास्थ्यकर्मी र औषधि पठाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाहले बताए । सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई बाहिर नजान निर्देशन गरेका छौं औषधि अभाब कतै नहुने ब्यबस्या गरिएको छ, जिल्ला स्वास्थ्य प्रमुख शाहले भने ।
रोग फैलिएको स्थानमा स्वास्थ्यकर्मीको टोली पुगे पनि रोगको पहिचान हुन सकेको छैन । केही गाउँलेहरु भारतबाट फर्किएपछि रोग फैलिएको स्थानीयले बताएका छन । दुर्गममा स्वास्थ्यकर्मी र औषधि नहुदा समस्या परेको स्थानीयको भनाई छ ।
प्रकोप फैलिएको ठाउमा औषधि रस्वास्थ्यकर्मीको ब्यबस्था गर्न स्वास्थ्य कार्यालयलाई ताकेता गरेको प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले जानकारी दिए ।












प्रतिक्रिया