भद्रपुर, २७ चैत । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा देखिएको द्विविधाका कारण राष्ट्रिय सहमति हुन नसकेको बताउनुभएको छ ।
भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले आम सहमतिमा नयाँ संविधान जारी गर्न ठूलो चुनौती रहेको बताउनुभयो ।
संविधान जारी नगरी दोस्रो संविधानसभा कुनै पनि हालतमा अन्त्य हुन हुँदैन भन्दै सचिव ज्ञवालीले सकेसम्म आमसहमति गर्ने र त्यसो नभए प्रक्रिया पूरा गरेर भए पनि नेपाली जनताको चाहनाबमोजिमको संविधान जारी हुने बताउनुभयो ।
उहाँले संविधानसभाको अगामी चैत ३० गतेको बैठक अगावै राजनीतिक दलहरुबीच सहमति हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।












प्रतिक्रिया