४ कार्तिक २०८३, बुधबार

आगलागीमा मोटरसाइकलसहित घर जल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोलबजार (सिरहा), २७ चैत । सिरहाको दक्षिणवर्ती गाविस इटाटार–७ मा आज बिहान भएको आगलागीबाट रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । उक्त आगलागीमा परी एउटा मोटरसाइकलसमेत जलेको छ ।

इटाटार–७ का रामविलास यादवको एउटा फुसको घर र सोही घरमा राखेको स. ४ प ३५०४ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको स्थानीय धमेन्द्र पासवानले जानकारी दिनुभयो ।

आगलागी इलाटार सशस्त्र क्याम्पबाट र प्रहरी चौकी औरहीबाट पुगेको सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस