उदयपुर, २७ चैत । उदयपुरमा एक युवकले आफ्नै दिदीकी छोरी भान्जीमाथि जबरजस्ती गरेका छन् । जिल्लाको दक्षिणी जोगीदह–६ का १९ वर्षीय तीर्थबहादुर सार्कीले दाउरा काट्न जङ्गल गएका बेला आफ्नी छ वर्षीया भान्जीमाथि जबरजस्ती गरेका हुन् ।
सार्कीले भान्जीलाई जबरजस्ती गरेको थाहा पाएपछि दिदीको परिवारले उनीविरुद्ध प्रहरीमा उजुरी हालेका छन् । उजुरीपछि उनलाई पक्राउ गरिएको प्रहरी चौकी जोगीदहले जनाएको छ ।
उनीमाथि यसअघि अर्की १० वर्षीया बालिकालाई पनि जबरजस्ती गरेको आरोप लागेको छ । प्रहरीका अनुसार भान्जीलाई जबरजस्ती गरेका सार्कीले अर्की बालिकालाई पनि सोही समयमा जबरजस्ती गरेको अभियोग पत्रमा उल्लेख छ ।
उनीमाथि जबरजस्ती करणी उद्योगअन्तर्गत जाहेरी दर्ता गरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।















प्रतिक्रिया