विराटनगर, २७ चैत । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले चैत ३० गतेसम्म संविधानको विवादित विषयमा सहमति नभए प्रक्रियामा जाने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उहाँले सहमति भएका विषयमा सहमति र सहमति नभएका विषयलाई थाँती राखेर अगाडि बढ्ने धारणा प्रकट गर्नुभयो ।
उहाँले संविधान निर्माणको विषयमा गम्भीर भएर संविधानसभाका सम्पूर्ण दल लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस












प्रतिक्रिया