१३ कार्तिक २०८३, शुक्रबार

किन कतार जाँदैछन् गृहमन्त्री गौतम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev Gautam

काठमाडौँ, २७ चैत । उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतम यही चैत २८ देखि वैशाख ६ गतेसम्म कतारको राजधानी दोहामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय ‘अपराध रोकथाम तथा फौजदारीन्याय’ विषयक १३ औँ महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्ने हुनुभएको छ ।

महासभालाई उपप्रधानमन्त्रीले यही चैत २९ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका सञ्चार सहयोगी विश्वमणि सुवेदीले राससलाई बताउनुभयो ।

उपप्रधानमन्त्रीको भ्रमण दलमा गृह मन्त्रालयका सहसचिव एवम् शान्तिसुरक्षा महाशाखा प्रमुख लक्ष्मीप्रसाद ढकाल सहभागी हुने बताइएको छ । रासस