१३ कार्तिक २०८३, शुक्रबार

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त हुन सकेन, बैठक निष्कर्षविहीन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Supreme-Court-of-Nepal

काठमाडौँ, २७ चैत । सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि बसेको न्यायपरिषद्को बैठक निष्कर्षविहीन भएको छ ।

नियुक्तिका विषयमा थप छलफल र अध्ययन गर्नुपर्ने आवश्यकता भएकाले बैठकले न्यायाधीश नियुक्त नगरेको न्यायपरिषद्का निमिक्त सचिव कृष्ण गिरीले जानकारी दिनुभयो ।

सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि पटक–पटक बैठक बसे पनि न्यायाधीश नियुक्त हुन सकेको छैन ।

बैठकमा सर्वोच्च अदातलका प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष रामकुमारप्रसाद साह, सदस्यमा सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठ र खेमनारायण ढुङ्गाना हुनुहुन्थ्यो ।

सर्वोच्च अदालतमा संविधानअनुसार १५ जना न्यायाधीश हुने व्यवस्था छ । अहिले १२ जना मात्र न्यायाधीश हुनुहुन्छ भने तीन जना न्यायाधीशको पद खाली छ । न्यायाधीश नियुक्ति हुन नसक्दा आवश्यक न्याय सम्पादनमा ढिलाई भइरहेको छ । रासस