४ कार्तिक २०८३, बुधबार

सुर्खेत-जुम्ला सडकमा निर्माण व्यवसायीलाई काम गर्न कठिनाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fcan logo काठमाडौं, २६ चैत । सुर्खेत जुम्ला सडक खण्ड आयोजना अन्तर्गत राचुँली घट्टेघाट सडक खण्डमा रहेको एल एण्ड टी कम्पनीको भे १ क को ब्याकहोइ लोडरमा अज्ञात समुहले गए राति आगजनी गरेको घटनाप्रति निर्माण कम्पनी एम के अनक जेभीले आपत्ति जनाएको छ ।

यस सडक खण्डमा निर्माण कार्य भइरहँदा विगतमा पनि केही समुहबाट जग्गा मुआब्जा सम्बन्धी विवाद चर्काउँदै स्थानीयलाई काम दिनु पर्ने लगायतका माग राखी अवरोध सिर्जना गर्ने काम भएको कम्पनीले जनाएको छ ।

कम्पनीले निकालेको विज्ञप्तीमा विगतमा कर्मचारीहरुलाई धम्क्याउने काम पनि भएको जनाइएको छ । आगलागीको पछिल्लो घटनाको उचित छानबीन गरी दोषीलाई कार्वार्ही गर्न कम्पनीले माग गरेको छ ।

कम्पनीका आधिकारिक प्रतिनिधि खड्कबहादुर खत्रीले सुरक्षा निकायहरु सहित, सडक विभाग र नेपाल निर्माण व्यवसायी महासंघलाई समेत बोधार्थ गरी पठाइएको पत्रमा आयोजना सम्पन्न गर्नका लागि काम गर्ने उचित वातावरण मिलाइदिन आग्रह गरिएको छ ।

MK-ANK JV0002