– सुदीप अधिकारी
बर्दिया,२६ चैत । बर्दियामा केही निजी विद्यालयहरुले अनुमतीविनै माथिल्लो कक्षा सञ्चालन गर्ने गरेको पाइएको छ । अनुमती नलिएरै कक्षा संचालन गर्ने विद्यालय अवैध भन्दै शिक्षा कार्यालयले त्यस्ता विद्यालयलाई कारवाहीको तयारी गरेको छ ।
जिल्लामा केही निजी विद्यालयहरुले तल्लो कक्षाको मात्र अनुमती लिएर माथिल्लो कक्षा संचालन गर्दै आएको भन्ने गुनासो बढे पछि शिक्षा कार्यालयको ध्यानाकर्षण भएको हो । जिल्ला शिक्षा कार्यालयले विद्यालय निरीक्षकहरुलाई स्थलगत निरीक्षण गरी यर्थाथ विवरण संकलनका लागि खटाइएको शिक्षा कार्यालयले जनायो ।
आगामी शैक्षिक सत्र २०७२मा स्वीकृती विनै कक्षा सञ्चालन गर्ने निजी विद्यालयलाई कडा कारवाही गर्न तयारी गरिएको जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी निलकण्ठ रेग्मीले जानकारी दिए ।
‘स्वीकृत विनै कक्षा संचालन गरिरहेको जानकारी आएको छ । त्यस्ता विद्यालयलाई सूचित गरेको छौ । अटेर गरे आगामी वर्षमा अनुमती नै नदिने वा बन्द समेत गर्ने प्रक्रियामा जानेछौ,’ सहायक शिक्षा अधिकारी रेग्मीले भने ।
अनुमती नलिइ कक्षा सञ्चालन नर्गन कार्यालयले पटकपटक परिपत्र गरेपनि केही निजी विद्यालयहरुले अझै पनि अटेर गरीरहेको कार्यालयको भनाई छ । स्वीकृतविनै माथिल्लो कक्षा संचालन नर्गन र त्यस्ता विद्यालयमा आफना बालबालिका भर्ना समेत नर्गन शिक्षा कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।
शिक्षा कार्यालयबाट प्राथमिक तह संचालनको अनुमती पाएकाले निम्न माध्यामिक तह र निम्न माध्यामिक तहको अनुमती लिएकाले माध्यमिक तहका कक्षा संचालन गर्दै आएका छन् ।
यस्ता विद्यालयले अभिभावकलाई झुक्याउँदै माथिल्लो तहमा भर्ना गर्ने गरेका छन् । शौक्षिक सुरुवातसँगै यस्ता विद्यालयहरुले विद्यार्थी भर्नाका लागि अभिभावकलाई फकाउने अभियान नै थाल्ने गर्छन् । अनुमती नपाएको तहमा विद्यार्थी भर्नाका लागि सार्वजनिक विज्ञापनसमेत गर्ने गर्छन् ।
अनुमती नभएको कक्षा तथा तह संचालन गरेका यस्ता निजी विद्यालयहरुले विद्यार्थीको भर्ना छिमेकी सामुदायिक विद्यालयमा गर्ने गरेका छन् । यस्ता विद्यालयले अभिभावक र विद्यार्थी दुबैलाई झुक्याएर विद्यालयलाई कमाई खाने भाडो बनाएको अभिभावकको गुनासो छ ।
नियम विपरीत कक्षा संचालन गरेको भन्दै व्यापक गुनासो बढेपछि शिक्षा कार्यालयको पनि ध्यानाकर्षण भएको छ । नियम विपरीत कक्षा संचालन गर्दै आएका यस्ता विद्यालय तर्फ सम्वन्धि निकायको ध्यान जान नसक्दा निजी विद्यालय संचालकहरुको मनोवल झनै बढेको अभिभावकको भनाई छ । सरकारी निकाएको फितलो अनुगमनको उनीहरुले फाइदा उठाएको अभिभावकहरुको भनाई ।
















प्रतिक्रिया