४ कार्तिक २०८३, बुधबार

रुखले च्यापिएर युवकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भीमदत्तनगर, २६ चैत । बाजुरामा रुखमुनि च्यापिएर एक युवकको मृत्यु भएको छ ।

बुधबार एक्कासि चलेको हावाहुरीपछि रुख ढल्दा च्यापिएर जिल्लाको बडिमालिका नगरपालिका–९ का ३२ वर्षीय डम्मर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

गाउँ नजिकैको जङ्गलमा दाउरा लिन गएको बेला हावाहुरी चलेपछि रुख ढल्दा च्यापिर गम्भीर घाइते भएका खत्रीको थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । रासस