२८ आश्विन २०८३, बुधबार

मदिरा सेवन गरेर युवकले चक्कु प्रहार गरी आफ्नै स्वास्नीको नाक काटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nak-cuttingकाठमाडौं । संसारमा अपराध अनौठा अनौठा हुन्छन् । पछिल्लो समय जसलाई कलियुग पनि भन्ने गरिन्छ । कलियुगमा हाम्रो समाजले नसोचेका अनौठा घटना दिनदिनै हुन थालेका छन् ।

भारतको राजधानी दिल्लीमा एक युवकले आफ्नै स्वास्नीको नाक काटेर फालेका छन् । महेश सिंह नामका दिल्लीमा बस्दै आएका ति व्यक्तिले रातिको समयमा मदिरा सेवन गरी नाक काटेका हुन् ।

मदिराको नशामा आफ्नी स्वास्नीलाई गालि गर्दा उनले प्रतिकार गरेपछि महेशले तरकारी काट्ने चक्कुले नाक काटेको प्रहरीले जनाएको छ । यो घटना महिनादिन अगाडीको हो ।

नाक काटिएपछि महेशकी स्वास्नीका माईतीले उनीविरुद्ध प्रहरीमा मुद्दा हालेका थिए । प्रहरीबाट अदालतमा पुगेको मुद्दाको बुधबार फैसला भएको छ । फैसला अनुसार महेशलाई अदालतले १ वर्षको कद सजाय सुनाएको छ ।

महेशकी स्वास्नीले उनीसँग सम्बनध विच्छेद गरेकी छिन् । विवाह भएको केही दिनमै महेशले महिरा सेवन गर्दै आफ्नी स्वास्नीलाई बेला बेला गालीसँगै कुटपिट समेत गर्दै आएका थिए । एजेन्सी