– गंगराज पण्डित
बाजुरा २६ चैत । बाजुराको आटिचौर ९ सुदाडाका अफिलाल उपाध्यायका छोरा बर्ष ३१ का गणेश उपाध्यायको मृगौलामा समस्या भएकाले उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।
केही वर्ष पहिले देखिनै मृगौला समस्या देखिएपछि विभिन्न ठाउमा उपाचार गरेपनी निको नभएकाले पीडित उपाध्यायको थप उपचारका लागि भारतको नयाँ दिल्लीमा उपचार गर्न भारता हिडेका छन् । नयाँ दिल्ली स्थित सेन्ट्रल अस्पतालमा उपचारका लागि भर्ना गरिएको उनका आफन्त नवराज उपाध्यायले जानकारी दिनुभएको छ ।
भएको पैंसा जति नेपालमै सकिएकाले अहिले उचारका लागि समस्या भएको उनले बताए । किट्नीमा अल्सर समेत देखा परेकाले उनको मृगौला प्रत्यारोपण गर्न १२ लाख भारतीय रुपैंया लाग्ने भएकाले उनले उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।
मृगौला प्रत्यारोपण गराउन निकै महंगो र दुर्लभ भएकाले उपाध्यायले राष्ट्रिय बाणिज्य बैंक शाखा बाजुरामा आफ्नो खाता भएकाले खाता नं ४०७००१२१७३१० त्यस्तै राष्ट्रिय बाणिज्य बैंक धनगढीमा रहेको खाता नं ४१७००३०९५११० मा सहयोग गरिदिन समेत आग्रह गर्नु भएको छ ।
उनले यदि केही जानकारी लिनु परेमा ९७४९०३३८९७ फोन गर्न पनी सक्नु हुनेछ भनेर आग्रह उनका भाइ नवराज उपाध्यायले अनुरोध गरेका छन् ।
















प्रतिक्रिया