काठमाडौँ, २५ चैत । काठमाडौँको जडीबुटीमा माइक्रो बसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ ।
बारा जीतपुरका सगिर मियाँका सात वर्षीया छोरी वीराको बा२ख ९३२५ नम्बरको माइक्रोबसको ठक्करबाट मृत्यु भएको हो ।
माइक्रोबसका चालक काँडाघारी बस्ने रामेछाप भेलु–७ का दीपबहादुर बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही सुरु गरेको महानगरी ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता पोषराज पोखरेलले जानकारी दिनुभयो ।
माइक्रोबसले ठक्कर दिँदा गम्भीर घाइते भएकी बालिकाको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । रासस















प्रतिक्रिया