– सुदीप अधिकारी
बर्दिया, २५ चैत । पछिल्लो समयमा बर्दियामा महिला हिंसाका घटना बढदै गएको छ । तीन महिना यता जिल्लामा महिला हिंसाका ३१ वटा घटना सार्वजनिक भएका छन् ।
सबै घटना गैरराज्य पक्षबाट भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जारी गरेको त्रैमासिक प्रतिवेदन अनुसार जिल्लामा बालिका हत्या, बलत्कार, घरेलु हिंसालगायतका महिला हिंसाका घटना बढदै गएको छ ।
इन्सेकका अनुसार पछिल्लो तीन महिनामा एक बालिकाको आफनै आमाद्धारा हत्या, ३ महिला बलत्कार, १ बलत्कार प्रयास, ७ वटा घरेलु हिंसाका घटना घटेका छन् ।
यसैगरी महिला दुव्र्यवहारका ११ घटना, ४ जना बालिका बलत्कार, २ बालिका बलत्कार प्रयासको घटना सार्वजनिक भएको छ । बालविबाह र बालिका अप्रकृतिक मैथुनका १÷१ घटना घटेको इन्सेकले जारी गरेको प्रतिवेदनामा उल्लेख गरिएको छ ।
गत पुसमा पाँच दिनको छोरीलाई घाटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले भारत, बहाराइज जिल्ला लखिनपुर खिरी घर भई गुलरिया नपा–८ डेरा बस्ने १८ वर्षीय पुजा भुजुवालाई पक्राउ गरेको र अदालतले आरोपी भुजुवालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
चार वर्षीया बालिकालाई बलत्कारको आरोपमा मानपुरमैनापोखर–७ का १७ वर्षीय कृष्ण रैदास कारागार चलान भएका छन् । बलत्कार प्रयासको आरोपमा गुलरिया नपा–१२ का २० वर्षीय सञ्जय यादव ४५ हजार धरौटीमा लिई तारेखमा रिहा भएका छन् ।
तीन वर्षिया वालिकालाई घरमा कोही नभएको अवस्थामा ललाईफकाई बलात्कार गरेको आरोप लागेका १४ वर्षीय नावालक आरोपीलाई वोलाएको वेला उपस्थित हुने प्रहरीले अभिभावकको जिम्मा लगाएको छ ।
१४ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गुलरिया–२ जयनपुर १९ वर्षीय चन्द्रे गोडियालाई कानुनी कार्वाही अगाडी बढाएको छ । पाँच वर्षीया छोरीलाई अप्राकृतिक मैथुन गरेको आरोप लागेका एक बाबु पुर्पक्षका लागि थुना छन् ।
११ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरी कानुनी कार्वाही अगाडी बढाएको छ । यसैगरी १२ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोप लागेका हजुरवुवा विरुद्ध प्रहरीले कानुनी कार्वाही चलाएको छ ।
घरमा कोही नभएको अवस्थामा एक महिलालाई बलत्कार गरेको आरोप लागेका गुलरिया नपा– ९ का २० वर्षीय भण्डारी लोधलाई जिल्ला अदालतको ०७१ चैत १७ गते को फैसलाबाट सफाइ पाएका छन् ।
४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सुर्यपटुवा गाविस–९ का १८ वर्षीय लक्ष्मण थारु र २२ वर्षीय खुसीराम थारु जिल्ला अदालत फैसला अनुसार पुर्पक्षका लागि थुना छन् ।
१७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा ढोढरी गाविसका २६ वर्षीय डिलबहादुर विक पनि पुर्पक्षका लागि थुनामा छन् । १८ वर्षीया महिलालाई बलत्कार प्रयासको आरोप लागेका गुलरिया नपा–१२ का २२ वर्षीय कमल विक आपुर्पक्षका लागि थुनामा छन् ।
इन्सेक बर्दियाले आयोजना गरेको प्रथम त्रैमासिक सम्पादन समिक्षा कार्याक्रममा महिला अधिकारकर्मीहरुले महिला तथा बालबालिका घर भित्र वा बाहिर कतै पनि सुरक्षित हुन नसकिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले महिला हिंसा न्यूनीकरणका लागि आफु निकै संवेदनशिल लाग्ने बताएका छन् ।















प्रतिक्रिया