४ कार्तिक २०८३, बुधबार

झापामा आज पनि एमाओवादी मोर्चाको बन्द

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

band-newsकाँकडभिट्टा (झापा), २५ चैत । तीस दलीय गठबन्धनले गरेको बन्द फिर्ता लिए पनि बन्दको प्रभाव आज पनि झापामा कायमै छ ।

कार्यालय तोडफोड गर्दै र पसल बन्द गर्दै हिँड्ने क्रममा पक्राउ परेका कार्यक्रर्ताको रिहाइको माग गर्दै एकीकृत नेकपा(माओवादी) झापाले जिल्ला बन्द गरेको जनाएको छ ।

लामो तथा छोटा दूरीका गाडी प्रहरीले स्कटिङ गरेर बिहानैदेखि चलाइरहेको छ । यसै क्रममा बन्दकर्ताले आज बिहान झापाको पूर्व–पश्चिम सडकखण्डको बुट्टाबारीमा भारतीय डब्लु बी७४ बी ९५९५ नम्बरको मारुती भ्यानमा आगजानी गरेका छन् ।

भारतको पानीट्याङ्कीबाट धरानको बूढानीलकण्ठ दर्शनका लागि हिँडेका छ जना यात्रुलाई भ्यानबाट ओराली पश्चिमबाट पूर्वतर्फ मोटरसाइलमा आउँदै गरेका दुई जना कार्यकताले पेट्रोल छर्केर आगजनी गरी चारआली जङ्लतर्फ भागेको प्रहरीले जनाएको छ । आगजनीबाट भ्यान पूरै जलेको छ । रासस