२९ आश्विन २०८३, बिहिबार

सलमानले जहाजमै यात्रुलाई गाली गरेर कुटपिट गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman-khanमुम्बई । बलिउडका स्टार अभिनेता सलमान खानमाथि उडिरहेको जहाजमा यात्रुबीच विवाद हुँदा गाली दिएर कुटपिट आरोप लागेको छ ।

भारतका स्थानीय व्यापारी रविन्द्र द्विवेदीले आफुलाई सलमानले जहाजमै कुटेको भन्दै अदालतमा उनीविरुद्ध मुद्दा हालेका छन् । ‘सलमानले गालीबेइज्जत गरेर आफुसहित अन्य सहयोगी लगाएर मलाई कुटपिट गरेका थिए’ रविन्द्र द्विवेदीको आरोप छ ।

सलमानले गतवर्षको नाभेम्वरमा विमानमा सवार रविन्द्र द्विवेदीलाई जहाजमै कुटपिट गरेका थिए । रविन्द्र द्विवेदीको मुद्दाको एक हप्ताभित्र थप छानविन गरेर सत्यतथ्य पेस गर्न अदालतले प्रहरीलाई निर्देशन दिएको छ ।

उक्त मुद्दा अहिले प्रहरीले जाँच गरिरहेको छ । सलमान भविष्य अब प्रहरीको हातमा छ । सलमान विरुद्ध रविन्द्र द्विवेदीले ज्यान मार्ने उद्योग अन्तर्गत अदालतमा मुद्दा दर्ता गराएका हुन् ।

यस्तै, सलमान चर्चित हिट एण्ड रन काण्डमा पनि दिनदिनै अदालत धाउँदै आएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सलमान विरुद्ध दर्जन बढी मुद्दा अदालतमा दर्ता भएका छन् । एउटाको पनि फैसला भएको छैन् । एजेन्सी