भद्रपुर, २५ चैत । महेन्द्रराजमार्गको चारआली जङ्गलस्थित अज्ञात समूहले एक भारतीय नम्बरको मारुती भ्यानमा आज बिहान आगजनी गरेका छन् ।
आगजनीबाट भ्यान पूर्णरुपमा जलेर खरानी भएको प्रहरी नायब उपरीक्षक सञ्जय राउतले जानकारी दिनुभयो ।
जङ्गलको बाटो सुनसान भएकाले आगो लगाउने समूह पक्राउ नपरेको र तिनीहरूको खोजी भइरहेको नायब उपरीक्षक राउतले बताउनुभयो । रासस















प्रतिक्रिया