२९ आश्विन २०८३, बिहिबार

प्रचण्ड दम्पत्ती भन्छन्-‘कालको मुखबाट बाचेर आयौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 prachanda in yeman office– विजय थापा
वाशिंगटन डिसी । विद्रोहीले यमनबाट सुरु गरेको युद्धमा बाचेर घर फर्किएका प्रचण्ड दम्पत्तीले काठमाडौं पुगेर कालको मुखबाट छुटकारा पाएको बताएका छन् ।

काठमाडौँ निवासी प्रचण्ड मान श्रेष्ठ तथा राधिका श्रेष्ठ गत आईतबार दिवा समयमा कालको मुखबाट छुटकारा पाएर यमनबाट नेपाल आएका थिए ।

भिषण हवाई गोला बारुद, दन्दनी बलेको शहर, जताततै आगोको ज्वालालाई छिचोल्दै जीवन हत्केलामा राख्दै हिम्मतको साथ दम्पत्ति अनेकौ तनाब, दुख झेल्दै आफ्ना परिवार र पशुपतिनाथ लाई सम्झदै मातृभुमिको माटो टेकेका छन् ।

मैले महाकबी लक्ष्मी प्रसाद देवकोटाको मुनामदनको हातका मैला, सुनका थैला, के गर्नु धनले ? साग र सिस्नु खाएको बेश आनन्दी मनले । सम्झे प्रचण्ड मान श्रेष्ठ भन्छन् ।

प्रचण्ड मान श्रेष्ठ तथा राधिका श्रेष्ठ को हुन् ?

यी दुवै पति पत्नी हुन् । यमनमा संचालित प्रोग्रेसिओका संस्थाका कर्मचारी हुन् । प्रचण्ड मान श्रेष्ठ एचआईभी र एड्स रोगका प्रशिक्षक हुन् हुन् भने राधिका श्रेष्ठ संस्थाकी महिला विकास तथा महिला सशक्तिकरण विभागकी सामाजिक कार्यकर्ता हुन् ।

२००७ को सेप्टेम्बर देखि नै यमनको अल होदेईदाहमा ७५ बर्ष पुरानो बेलायती अन्र्तराष्ट्रिय गैर मुनाफा सामाजिक संस्था प्रोग्रेसिओमा काम गरि रहेका छन् ।p 2

प्रचण्ड दम्पतिको कसरी उद्दार भयो ?

हवाई आक्रमण भयानक भएकोले जीवन जोखिममा पर्न सक्ने भएकाले तत्काल उद्धारको लागि आफुले धेरै पहल गरेको बताउदै उनलाई अप्रिल २ तारिख यमनको समय अनुसार पानी जहाजमा उद्धारको लागि लगियो ।

भारतीय पानी जहाजले आफ्ना नागरिकलाई लाने क्रममा नेपाल सरकार तथा रियाद दुतावासको पहलमा नेपालीलाई पनि उद्धार गर्ने भनिएको भएता पनि जहाजमा खाली भएता नेपाली दम्पतिलाई माथिको आदेश छैन भनि जहाजमा चड्न नदिएको कारण २ घण्टा सम्म निकै तनाब रहेको बताए ।

श्रेष्ठले अगाडी भने लामो समय सम्म छलफल कुराकानी पश्चात उनी काम गर्ने बेलायती आईएनजीओको कारण हिड्ने समय भन्दा केवल १० मिनेट अगाडी मात्र दम्पतिलाई यमनबाट डीजीबौटी (अफ्रीका)को लागि हिडेको पानी जहाजमा चड्न दिएको बताए ।

तर डिजीबौटीमा २ जना नेपालीलाई सोधपुछको लागि भारतीय प्रहरीले चढ्न नदिई रोकेर राखेको बताए । उनले भने उनीहरु सँग टिकट नभएको कारण रोकेको र पछि उनीहरु काम गर्ने लुलु नामक कम्पनीका मालिकले रकम मिलाई दिएपछि उनीहरु पनि टर्की हुदै काठमाडौँ पुगेको खबर प्राप्त भएको जानकारी गराए ।

उनको काम गर्ने संस्थाले बेलायतबाट नै बेलायत सरकारसँग कुरा गरेर बेलायतको आदेश आए पछि उनलाई यमनबाट अगाडी बढ्न दिएको बताए । जहाजबाट करिब १६ घन्टाको यात्रा तय गर्दै उनी अफ्रिकी देश डीजीबौटी पुगेका थिए ।

उनको संस्थाले मेरो खर्च बेहोर्छ भन्दै डीजीबौटीबाट टर्कीको इस्तान्बुल हुदै काठमाडौँ आईतबार बिहान सम्म पुग्छु होला भनेता पनि टर्कीमा ५ घण्टा ढिलाई हुन् गएको कारण दिउँसो काठमाडौँको पुगेको जानकारी दिए ।

श्रेष्ठले नेपालले भारतसँग सहयोगको लागि आग्रह गरेकोले नेपालीको उद्धार भारतले गरेको हो भन्दै साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेको भूमिका सराहनीय रहेको बताए ।

भिषण गृहयुद्धको चपेटा फसेको यमनमा अलपत्र परेका नेपालीहरुको उद्धार जारी रहेको छ । साउदी अरबका लागि नेपालका राजदुत उदयराज पाण्डेले रियादबाट यमनमा जम्मा १८ जना नेपालीहरु भएको बताए ।

१८ जनामा ९ जनाको उद्धार गरि सकेको बताउदै गत अप्रिल ३ तारिख एक जनाको उद्धार गरिएको बताए । अन्य ८ जनाको भारतीय सरकारसँग सहयोग लिदै उद्धार गरिने जानकारी गराएका थिए ।

p 1अलपत्र परेका नेपालीहरु यमनको शाना भने ठुलो शहरमा रहेकोले उनीहरुलाई त्यहिबाट नै उद्धार गरिने जानकारी दिए ।

सरकारले आफना नागरिकलाई अबिलम्ब उद्धार गर्ने प्रयास गर्ने क्रममा प्रयास गर्दा गर्दै हप्ता दिन पछि उद्धार गर्न सफल भयो भने ९ दिनमा प्रचण्ड मान श्रेष्ठ तथा राधिका श्रेष्ठलाई उद्धार गरियो ।

अनवरत रुपमा यमनबाट नै सम्पर्कमा रही रहेका प्रचण्ड मान श्रेष्ठ भन्छन यमनमा जताततै आगोको मुस्लो छ । साढेको लडाई बाच्छाको मिचाई हुने हो कि भनि भयभित भएको अवस्थामा मातृभुमिको सम्झना धेरै आउँदो रहेछ उनले भने ।

यमनमा रहेका सबै नेपालीहरुको चाडो भन्दा चाडो उद्धार हुनुपर्ने बताउँदै आएका अमेरिकाको टेक्सासमा बसोबास गर्ने रिचा शर्मा तथा काठमाडौँ कि महिला समाज सेवी तथा महिला अधिकारकर्मी अम्बिका श्रेष्ठले हरेक गतिबिधिको जानकारी दिएका छन् ।

दुबै महिलाहरु यमनमा अलपत्र परेका सबै नेपालीहरुको उद्धार हुनुपर्छ भनि आवाज उठाई रहेका छन् । बाँकी ८ नेपालीको उद्दारका लागि सरकारले प्रयास गरिरहेको दुतावासले जनाएको छ ।