डडेल्धुरा, २४ चैत । आफ्नै देउरानी कुट्ने महिलालाई डडेल्धुरामा पाँच बर्षको कैद सजाय सुनाईएको छ ।
देउरानीलाई ज्यान मार्ने अभिप्रायले कुटपिट गरेको भन्दै जिल्ला अदालतले अमरगढी नगरपालिका ९ ढाँट गाउँ बस्ने २७ वर्षीया गुन्ना भनिने पार्वतीदेवी पाललाई पाँच बर्ष कैद सजाय तोकेको हो ।
अदालतको फैसलापछि कारागार चलान गरिएकी पार्वती फागुन २० गते देखि नै पुर्पक्षका लागि कारागारमा रहेकी थिईन ।
गत माघ २८ गते ढाँट गाउँकी २१ वर्षीया मनिषा भनिने मानमती पाललाई पार्वतीले हँसिया प्रहार गरी गम्भीर घाईते बनाएकी थिईन । घाइते मानमतीको मानसिक सन्तुलन नै गुमेको छ ।















प्रतिक्रिया