सर्लाही, २४ चैत । सर्लाहीको वसन्तपुर गाविसमा एकसातादेखि फैलिएको झाडाबान्ताले दुई जनाको मृत्यु हुनुका साथै २२ जना बिरामी भएका छन् ।
वसन्तपुर गाविस–१, बगेवा टोलामा फैलिएको झाडाबान्ताबाट स्थानीयवासी गणेश राउतका तीन महिने छोरा रोहित राउत र बद्री मण्डलकी आठ महिने छोरी नन्दनी मण्डलको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मलङ्गवाका प्रमुख मोहम्मद दाउदले बताउनुभयो ।
साथै उहाँले उक्त गाविसको वस्तुस्थितिबारे जानकारी लिन एकजना स्वास्थ्यकर्मी परिचालन गरिएको बताउनुभयो । “भर्खरै खबर आएकाले एकजना स्वास्थ्यकर्मीलाई औषधिसहित पठाएका छौँ, बेलुकासम्म विस्तृत जानकारी आउँछ आवश्यक परे भोलिबाट गाउँमै उपचार शिविर सञ्चालन गर्छौं” प्रमुख दाउदले भन्नुभयो । रासस















प्रतिक्रिया