३ कार्तिक २०८३, मंगलबार

मोर्चाको आमहड्तालले पाल्पाको जनजीवन प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Banda3– सुशिल नेपाल
पाल्पा २४ चैत । एकीकृत नेकपा माओवादी सहित ३० दलीय मोर्चाले आजदेखि सुरु गरेको आमहड्तालको पहिलो दिनको प्रभाव पाल्पामा पनि परेको छ ।

बन्दको पहिलो दिन पाल्पामा बजार सुनसान रह्यो भने पसल, कलकारखाना तथा उद्योगहरु पुर्ण रुपले बन्द नै रहे । बन्दले पाल्पालाई पुर्ण रुपले नै प्रभावित पार्‍यो ।

एम्बुलेन्स, पानी, प्रेसका केही सवारीसाधन न्युन रुपमा चलेपनी सदरमुकाम तानसेनबाट छुट्ने छोटो तथा लामो दुरीका कुनै पनि सवारीसाधन सञ्चालनमा आउन सकेनन् ।

बन्दकर्ताहरु बिहानैदेखि चोकचोकमा निस्किएका थिए । यसैबीच सोमबार साँझ मसाल जुलुस निकाल्दा प्रहरीको हस्तक्षेपले केही आक्रोशित बनेका बन्दकर्ताले आज बिहानै सडकमा कुरेर बसी केही मोटरसाइकलमा तोडफोड गरेका छन् भने जिविसमा चलिरहेको सचिवको तालिम समेत स्थगित गराएका छन् ।

तानसेनका चोकचोकमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ । बन्द आजका लागि भने ५ बजेपछि खुलेको छ ।

बन्द खुलेपनि त्रासका कारण केही मात्रामा मात्र पसलहरु खुल्न थालेका छन् भने सवारीसाधनहरु पनि त्यति सञ्चालनमा आउन सकिरहेका छैनन् ।