काठमाडौं । प्रेम र सेक्सले अनौठा अनौठा अपराध जन्माउँछ । अहिले प्रेम प्रस्ताव अस्वीकार गरेका कारण युवतीहरु एसिड आक्रमणको सिकार बनेका छन् ।
भर्खरै मात्र नेपालको राजधानी काठमाडौंमा प्रेम प्रस्ताव अस्वीकार गरेको निहुँमा दुई युवतीमामाथि एसिड आक्रमण भएको थियो । त्यसको केही दिनपछि राजधानीकै ललितपुरमा अर्की युवतीमाथि आक्रमण भएको थियो ।
त्यसको हप्तादिनपछि भारतको वेगंलोरमा दुई युवतीमाथि आक्रमण भएको थियो । यसरी नेपालसँगै भारतमा पनि प्रेम तथा सेक्स गर्न नमानेकै कारण एसिड आक्रमण हुने गरेका छन् ।
यसैक्रममा फेरि युवतीमाथि एसिड आक्रमण भएको छ । भारतको पश्चिम बंगालमा बीए प्रथम वर्षको ट्युसन पढेर फर्किरहेकी युवतीमाथि तेजाब आक्रमण भएको छ ।
आक्रमणबाट उनको मुख पुरै जलेको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । युवतीसँग पढ्दै आएका एनामुल सरदारले युवतीलाई बाटोमा रोकेर प्रेम प्रस्ताव राखेका थिए ।
प्रहरीका अनुसार युवतीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि सरदारले मुखमा तेजाब फालेका थिए । त्यसपछि भाग्ने प्रयास गरेका सरदारलाई गाउँलेले समातेर प्रहरीको जिम्मा लगाएका छन् ।
युवतीको अस्पतालमा उपचार भइराखेको छ । भारतीय कानुन अनुसार तेजाब फाल्नु ज्यान मानु जस्तै हो । जसकारण सरदारलाई कम्पतीमा आजीवन कारावास तथा फाँसी सजाय हुन् सक्छ । एजेन्सी













प्रतिक्रिया