– सुदीप अधिकारी
बर्दिया, २४ चैत । बन्द गर्दै सडकमा उत्रे्का ३० दलिय मोर्चाका कार्यकर्ताले बर्दियामा २ वटा सवारीसाधनमा तोडफोड गरेका छन् ।
पूर्वपश्चिम राजमार्गमा पर्ने बासगढी बजारमा बन्दकर्ताले ना ३ ख ५४८८ नम्बरको ट्रक र बा ८ च ८७२९ नम्वरको जीपमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द परियारले जानकारी दिए ।
तोडफोडका कारण दुबै गाडीको अगाडी र किनार तर्फको सिसा फुटेको बताइएको छ । तोडफोडमा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । विहानै तोडफोड गरेर भागेकाले पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।
बन्दको पहिलो दिन यहाँको जनजीवन प्रभावित भएको छ । सदरमुकाम गुलरियालगायत भुरिगाउँ, बासगढी, कुसुम्मबजार, मैनापोखरका बजार पूर्णरुपले बन्द भएका छन् ।
लामो तथा छोटो दुरीका सवारीसाधन ठप्प छन् । मोटरसाइकल भने छिटफुटरुपमा चलेका छन् । बन्दकर्ताहरु बजारका झण्डा बोकेर बजारका चोकचोकमा उभिएका छन् ।
















प्रतिक्रिया