३ कार्तिक २०८३, मंगलबार

मोर्चाको हड्तालले कपिलवस्तुको जनजीवन प्रभावित, मोटरसाइकलमा तोडफोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

band-news

– शम्भू माली 

कपिलवस्तु, २४ चैत । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको आमहड्तालले कपिलवस्तुको जिल्ला सदरमुकाम तौलिहवाको जनजिवन प्रभावित भएको छ ।

कपिलबस्तु जिल्ला पनि पुर्ण रुपमा ठप्प छ । मोर्चाका कार्यकर्ताले एक मोटरसाईकलमा तोडफोड गरेका छन् । सदरमुकाम तौलिहवाको बजार पुर्ण रुपमा बन्द भएको छ ।

बन्दकाका कारण सदरमुकाम तौलिहवा, कृष्णनगर, पकडी, चाकरचौडा, चन्रौटा लगायतका क्षेत्रमा उधोगधन्दा, कलकारखाना, यातायात र शैक्षिक संस्था प्रभावित भएका छन् ।

बन्दले सदरमुकाम तौलिहवाबाट छुटने लामो र छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । भने पुर्व पश्चिम राजमार्ग क्षेत्रमा पुर्ण रुपमा सवारी साधन बन्द छन् ।
प्रमुख चोकमा प्रहरीको बक्लो उपस्थिति रहेको छ । बन्दका कारण कृष्णनगर भन्सार समेत प्रभावित भएको छ । चोक चोकमा टायर जलाई ३० दलले बिरोध गरेका छन् ।