१३ कार्तिक २०८३, शुक्रबार

यस्तो देखियो पहिलो दिनको आमहड्ताल (हेर्नुस् तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तीस दलीय मोर्चाले आह्वान गरेको तीन दिने हड्तालको पहिलो दिन काठमाडौँ लगायत देशका विभिन्न ठाउँको अवस्था हिंसात्मक बन्यो । काठमाडौँ तथा ललितपुरमा यातायातका साधन जलाइयो । काठमाडौँको बानेश्वर-बिजुलीबजार क्षेत्र रणभूमि नै बन्यो । अन्य ठाउँमा पनि झडप तथा आगजनी भएका छन् ।

काठमाडौँ : बानेश्वरमा बिहान ६ बजे नै बन्द गराउँदै हिँडेका बन्दकर्ता र प्रहरीबीच बिहानै झडप भएको छ । बिजुलीबजार पुलमा सार्वजनिक सवारी साधन रोक्न खोज्दा भएको झडपमा एमाओवादीका युवा नेता अध्यक्ष हिमाल शर्मा घाइते भए। उनको टाउको र खुट्टामा सामान्य चोट लागेको छ ।

यसैगरी, झडप भएकै स्थानबाट प्रहरीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेणु दाहाल र ज्वाईं सागर केसीसहित आधा दर्जन बन्दकर्तालाई पक्राउ गरेको छ ।

ललितपुर: काठमाडौँ उपत्यकामा ट्याक्सी चलाएर चार जनाको परिवार चलाउँदै आएका हेटौँडाका निरज बानियाँको गरिखाने बाटो मंगलबारबाट खरानी भएको छ । एमाओवादी कार्यकर्ताले उनको ट्याक्सी त जलाए-जलाए, झण्डै ज्यान पनि लिएनन् ।

शुक्रबार बिहानै भाइलाई बिमानस्थल पुर्याएर फर्केका निरजको ट्याक्सी बिहान पाँच नबज्दै बालकुमारीमा बन्दकर्ताले खरानी बनाइदिए । अस्पतालमा बिरामीलाई भेट्न जाने भन्दै ट्याक्सी रोकेका दुई जनाले केही पर पुगेपछि छापामार शैलीमा ट्याक्सी जलाएका थिए ।

‘मलाई भित्रै राखेर पेट्रोल छर्केर ट्याक्सी जलाए, सिट बेल्ट नलगाएकोले बाँचे, उनीहरुले मलाई पनि भित्रै राखेर जलाउन खोजेका थिए,’ बानियाँले संचारकर्मीहरुसँग भने, ‘ट्याक्सीबाट निस्कन खोज्दा मेरो कपाल जलेको छ ।’

महोत्तरी : को सदरमुकाम जलेश्वरमा एक यात्रुवाहक बसमा तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै सयौँको सङ्ख्यामा रहेका मोर्चाका नेता कार्यकर्ताले जलेश्वर नगरपालिका चौकमा ज.१ख६५९ नम्बरको मुना डिलक्स बसमा तोडफोड गरेका हुन् । ढुंगामुढाबाट ड्राइभरको आँखा फुटेको छ । अन्य यात्रुलाई भने चोट नलागेको प्रहरीले जनाएको छ । आँखामा गम्भिर चोट लागेका चालकलाई अस्पताल लगिदा डाक्टर आँखा देख्न नसक्ने बताएका छन् ।

कास्की: एकीकृत नेकपा माओवादीसहितको ३० दलीय मोर्चाले आह्वान गरेको बन्दका क्रममा कास्कीमा तीन वटा बस र दुई वटा ट्रक तोडफोड भएको छ ।

बन्द आह्वानकर्ताले काँकडभित्ताबाट बागलुङ जान लागेको ना४ख ८६८८ र ना४ख २२९८ बसमा कास्कीको लेखनाथको सैनिक बस्तीमा र ना४ख ७६८८ बसमा आज बिहान पोखराको पृथ्वीचोकमा ढुङ्गामुढा गरेका थिए ।

सुर्खेत: आमहडताल अवज्ञा गरेको भन्दै सुर्खेतमा एक मोटरसाइकमा आगजनी गरिएको छ । वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्र अगाडि विनपा–१६ का शेरबहादुर बिसीको भे४प ४४३८ नंको मोटरसाइकलमा आगजनी गरिएको हो ।

महेन्द्रनगरस्थित ट्राफिक चोकमा सरकारी नम्बर प्लेटको एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

कृष्णपुर गाविस कार्यालयका प्राविधिक सहायक सवार म१प १८४ नम्बरको मोटरसाइकलमा बन्द आह्वानकर्ताले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिरहा: सिरहाको लहानमा बन्दकर्ता र पसलेबीच झडप भएको छ । झडपमा दुई पसले र दुई बन्दकर्ता गरी चार व्यक्ति घाइते भएका छन् ।

बन्दकर्ताद्वय लहान नपा–१० का नथुनी पासवान र लहान नपा–५ का ओमप्रकाश साह घाइते भएका छन् । यस्तै पसले लहान नपा–७ का विजय दास र उहाँको आफ्नै दाइ रामलोटन दास घाइते भएको थाहा भएको छ । घाइते सबैको टाउको फुटेको छ । उहाँहरुको उपचार लहान अस्पतालमा भइरहेको छ । घाइते बन्दकर्ता एकीकृत माओवादीका कार्यकर्ता हुन् ।

झापा : झापाका दुई सरकारी कार्यालय तोडफोड भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तोडफोड हुने कार्यालयहरुमा दमकस्थितका मालपोत कार्यालय र मेचीनगर नगरपालिका छन् । मोर्चाका कार्यकर्ताहरुले दिउँसो कार्यालयमा प्रवेश गरी तोडफोड गर्न थालेपछि प्रहरीले दमक मालपोत कार्यालयबाट चार जना र मेचीनगर नगरपालिकाबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

हेर्नुस् केही तस्वीरहरुः

Banda20

Banda2 Banda1 Banda23 Banda22 Banda21 Banda20 Banda19 Banda18 Banda16 Banda15 Banda14 Banda13 Banda12 Banda11 Banda10 Banda9 Banda8 Banda7 Banda6 Banda4 Banda3 Nepal_Bandh_09 Protester trying to stop the police van carrying arrested agitators during the nationwide general strike called by UCPN-Maoist lead 30 party alliances at Bijulibazar in Kathmandu on Tuesday, April 07, 2015.Photo: Dipesh Shrestha/Nagarik/Republica Nepal_Bandh_07 UCPN-Maoist leader Hisila Yami chant slogan while protester trying to stop the police van carrying arrested agitators during the nationwide general strike called by UCPN-Maoist lead 30 party alliances at Bijulibazar in Kathmandu on Tuesday, April 07, 2015.Photo: Dipesh Shrestha/Nagarik/Republica Protester trying to stop the police van carrying arrested agitators during the nationwide general strike called by UCPN-Maoist lead 30 party alliances at Bijulibazar in Kathmandu on Tuesday, April 07, 2015.Photo: Dipesh Shrestha/Nagarik/Republica Protester while clash with police during the nationwide general strike called by UCPN-Maoist lead 30 party alliances at Bijulibazar in Kathmandu on Tuesday, April 07, 2015.Photo: Dipesh Shrestha/Nagarik/Republica Police personnel capture a person during protest in Nepal Bandh of Communist Party of Nepal-Maoist on Tuesday, April 07, 2014 under the Simrik bridge, Dhovikhola, HanumansthanPhoto: Pratik Rayamajhi/Nagarik/Republica A women shouts protest slogan during Nepal Bandh of Communist Party of Nepal-Maoist on Tuesday, April 07, 2014 under the Simrik bridge, Dhovikhola, HanumansthanPhoto: Pratik Rayamajhi/Nagarik/Republica A motorcycle was set into fire during Nepal Bandh of Communist Party of Nepal-Maoist on Tuesday, April 07, 2014 under the Simrik bridge, Dhovikhola, HanumansthanPhoto: Pratik Rayamajhi/Nagarik/Republica BandaProtester trying to stop the police van carrying arrested agitators during the nationwide general strike called by UCPN-Maoist lead 30 party alliances at Bijulibazar in Kathmandu on Tuesday, April 07, 2015.Photo: Dipesh Shrestha/Nagarik/Republica

तस्वीरहरु:रासस तथा सामाजिक सञ्जालबाट