काठमाडौं, २४ चैत । पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईकी पत्नि हिसिला यमीसहितका कार्यकर्तालाई बिजुली बजारमा प्रहरीले पक्राउ गरेपनि बन्दकर्ताले प्रहरीको भ्यान नै घेरेर छुटाएका छन् ।
कार्यकर्ताले प्रहरीलाई चारैतिरबाट घेरेर हिसिलालाई पक्राउ पर्नबाट बचाएका हुन् । बन्दकर्ताले घेरा हालेपछि प्रहरीले उनीहरुमाथि बल प्रयोग गरेको थियो । बल प्रयोग गरेपछि प्रहरीसँग मोर्चाका कार्यकर्ताको झडप समेत भएको थियो ।
कार्यकर्ताको संरक्षणमा हिसिला प्रहरीको पञ्जाबाट उम्किएकी छिन् । अन्य कार्यकर्तालाई भने प्रहरीले नियन्त्रणमा लिएको थियो ।




















प्रतिक्रिया