३ कार्तिक २०८३, मंगलबार

जबर्जस्ती सरकारी कार्यालय बन्द गराउँदै हिँडेका मोर्चाका दश कार्यकर्ता पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arrestedभीमदत्तनगर, २४ चैत । महेन्द्रनगरस्थित सरकारी कार्यालयहरु जबर्जस्ती बन्द गराउँदै हिँडेका तीस दलीय मोर्चाका १० जनालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले नापी कार्यालयबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेको छ ।

प्रहरीका अनुसार जबर्जस्ती धम्काउँदै सरकारी कार्यालय बन्द गराउने क्रममा एनेकपा (माओवादी) निकट शिक्षक सङ्गठनका केन्द्रीय सचिव कृष्ण भट्टसहित १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्लेले बताउनुभयो । प्रहरीको सुरक्षा घेरामा कञ्चनपुरका सबै सरकारी कार्यालयसमेत खुला राखिएको छ ।

कञ्चनपुरमा बजार पूर्णरुपले खुला रहे पनि यातायात सेवा भने बन्द हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । मोर्चाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै बिहान ट्राफिक चोकमा कृष्णपुर गाविस कार्यालयको सरकारी नम्बरको मोटरसाइकलमा समेत आगजनी गरेका थिए । ३० दलीय मोर्चाका कञ्चनपुर संयोजक टेकेन्द्रप्रसाद भट्टले शान्तिपूर्ण आन्दोलनमा रहेका मोर्चाका कार्यकर्तामाथि प्रहरीले बिनाकारण हिरासतमा लिएको आरोप लगाउनुभयो ।