वीरेन्द्रनगर, २४ चैत । तीस दलीय मोर्चाले संयुक्त रुपमा आह्वान गरेको आमहडताल अवज्ञा गरेको भन्दै एक मोटरसाइकमा आगजनी गरिएको छ । वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्र अगाडि विनपा–१६ का शेरबहादुर बिसीको भे४प ४४३८ नंको मोटरसाइकलमा आगजनी गरिएको हो ।
बन्द अवज्ञा गरेको भन्दै बिसीको मोटरसाइकलमा आगजनी गरिएको प्रहरी प्रवक्ता भरतबहादुर चौधरीले बताउनुभयो । यसैगरी आमहडतालमा परी अलपत्र परेका सवारी साधनलाई पनि प्रहरीले सुरक्षा दिएर गन्तव्यमा पु¥याएको छ ।
सुर्खेतको पूर्वी गाविस छिन्चुबाट आठ वटा बस र चार वटा ट्रकलाई सुरक्षा प्रदान गरी सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बन्दका कारण सुर्खेतको जनजीवन कष्टकर बनेको छ । रासस















प्रतिक्रिया