३ कार्तिक २०८३, मंगलबार

एम्बुलेन्स खरिद गर्न ‘रामलीला’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ambulanceभीमदत्तनगर, २४ चैत । एम्बुलेन्स खरिद गर्न भीमदत्तनगरपालिका–१८ गोवरियामा रामलीला आयोजना हुन लागेको छ । गोवरियास्थित निङ्गशैनी भगवती सेवा समितिले एम्बुलेन्स खरिदका लागि भोलिदेखि वैशाख ८ गतेसम्म स्थानीय निङ्गलाशैनी उच्च माविको प्राङ्गणमा रामलीला आयोजना गर्न लागेको हो ।

समितिले आज बिहान पत्रकार सम्मेलनको आयोजना गरी रामलीला आयोजनाबारे जानकारी गराएको छ । सम्मेलनमा रामलीला मूल आयोजक समितिका संयोजक गजेन्द्रबहादुर चन्दले सो क्षेत्रमा २८ वर्षपछि रामलीला महोत्सव हुन लागेको जानकारी दिनुभयो । “गोवरियामा नगरक्षेत्रकै बाक्लो बस्ती छ ।” उहाँले भन्नुभयो, तर एम्बुलेन्स नभएकाले समस्या हुने गरेको छ ।” उहाँले रामलीला महोत्सवले धार्मिक संस्कृति संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

चौध दिनसम्म सञ्चालन हुने रामलीला महोत्सव अवधिभर सो क्षेत्रका जाड रक्सी बिक्री वितरणसमेत बन्द गरिने संयोजक चन्दले जानकारी दिनुभयो । स्थानीयवासीको करिब रु पाँच लाख सहयोगमा हुने रामलीलामा ३० हजार नागरिकले अवलोकन गर्ने आयोजकले अपेक्षासमेत गरेको छ । रासस