मेलम्ची, २४ चैत । सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१२ को वनगाउँमा १४ वर्षीया एक बालिकाले झुन्डिएर आत्महत्या गरेकी छन् ।
सोमबार दिउँसो घाँस काट्न जान्छु भनी वरमुनिको घाटेको झार जङ्गलमा गएर सलको पासो लगाई आत्महत्या गरेकी हुन् । कक्षा ५ मा अध्ययनरत शर्मिला मिजार घरबाट निस्किएकी निक्कै समयसम्म घर नफर्केपछि खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेको हो ।
शव परीक्षणका लागि मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो ।















प्रतिक्रिया