३ कार्तिक २०८३, मंगलबार

बालिकालाई नाम्लोले बाँधेर बलात्कार गर्नेलाई १३ वर्षको कैद सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapधनगढी, २४ चैत । अपाङ्ग बालिकालाई घर कोही नभएको मौकामा घरेको खम्बामा नाम्लोले बाँधेर बलात्कार गर्ने एक पुरुषलाई १३ वर्षको कैद सजाय सुनाइएको छ ।

जिल्ला अदालत कैलालीले बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा खेपिरहेका गोदावरी गाविस–३ का जगुवा पार्कीलाई १३ वर्ष कैद सजायको फैसला सुनाएको हो ।

अदालतका अतिरिक्त जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले चौध वर्षमुनिकी ती बालिकालाई बलात्कार गरेको अभियोगमा बलात्कारको महलबमोजिम आठ वर्ष कैद र पीडित बालिका अपाङ्गसमेत भएकाले सोही ऐनबमोजम थप पाँच वर्ष कैदसमेत गरी निजलाई १३ वर्ष कैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार जगदीश भट्टले बताउनुभयो ।

गत माघ महिनामा पार्कीले युवतीको घरमै गएर जबरजस्ती अस्मिता लुटेका थिए ।