– शिबलाल सुबेदी
गुल्मी २४ चैत । एकीकृत नेकपा माओवादी नेतृत्वको तीस दलीय गठबन्धनले गरेको आम हड्तालको प्रभाव गुल्मीमा बिहानैदेखि परेको छ । बन्दका कारण बिहानैदेखि बजार सुनसान भएको छ भने कलकारखान तथा उद्योगहरु पूर्ण रुपमा बन्द भएका छन् ।
सदरमुकाम तम्घासबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारीका साधनहरु समेत चलेका छैनन् । बिहानैदेखि गठबन्धनमा आवद्ध कार्यकक्ताहरु बजार बन्द गराउनका लागि सड्कमा निस्केका थिए । बन्दले गुल्मीको जनजीवन वेहाल बनाएको छ ।
यता बन्दमा क्रममा कुनै पनि अप्रिय घटनाहरु नहोस भनेर जिल्ला सुरक्षा समितिले सुरक्षा ब्यवस्था पनि अघिल्ला बन्दहरुमा भन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरेको छ ।
चोक चोकमा बाक्लो रुपमा नेपाल प्रहरी र शसस्त्र प्रहरीका सुरक्षाकर्मीहरु परिचालन भएकाले बन्दकक्ताहरु पनि सड्कमा मौन रुपमा देखिएका छन ।















प्रतिक्रिया