वाशिंगटन, डिसी । एनआरएन अमेरिकाका अध्यक्ष पदका सशक्त प्रत्याशी नगेन्द्र पौडेलले चुनाब जित्नलाई उम्मेदवारी दिएको फिर्ता लिनलाई हैन भनि न्युयोर्कबाट म्यारिल्याण्ड घर फर्कने क्रममा उक्त कुरा स्पष्ट पारेका छन् ।
आउँदो अप्रिल १६ तारिख हुन गैरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अध्यक्ष पदका सशक्त दाबेदार पौडेल निर्वाचन प्रचार तथा प्रसारलाई झुझारू रुपमा लागि परी रहेको अवस्थामा आफुले उम्मेदवारी फिर्ता लिने छन् भन्ने जस्ता कपोलकल्पित तथा भ्रामक समाचारहरु फाट्टफुट्ट सञ्चार माध्यममा देखिएकोले आफ्नो ध्यानाकर्षण भएको बताए ।
बदनियत पूर्ण र नियोजित ढंगबाट मैले उम्मेदवारी फिर्ता लिने र अध्यक्ष पदका अर्का प्रत्यासीलाई छोड्ने छन् भन्ने जस्ता भ्रामक कुराहरु सामाजिक संजालमा पनि देखिएकोले यस्ता कुराको घोर भर्त्सना गर्दै यस्ता कुराहरुको पछाडी नलाग्न आफ्ना सम्पूर्ण शुभ चिन्तक, सहयोगी, समर्थकहरु नेपाली समुदायलाई आब्हान गरेका छन् ।
उनले बाटो बाट नै पत्रकारिता पेसामा होमिएका पत्रकारले पेसाको मान र मर्यादाको ख्याल राख्नु पर्ने भन्दै पेशालाई अमर्यादित र अविश्वसनीय बनाउनु कदापी हुदै भन्दै यो भनेको प्रतिस्पर्धाको चुनाबी रणनीति हुन् सक्ने बताए ।
एनआरएन युएसए को निर्वाचनको महायज्ञमा होमिई सकेको म, यदि छोड्ने नै थिए भने कसरी मेरा समस्त शुभ चिन्तकसँग सर सल्लाह नलिई छोडुला त ?
पौडेलले अगाडी भने मैले उम्मेदवारी छोड्ने हैन भन्दै अप्रिल १२ सम्म आगामी कार्यक्रममा सहभागी हुने स्थान, मिति र आयोजकको नाम समेत कण्ठस्त पारिसकेको भन्दै सबै कार्यक्रममा आफु उपस्थित हुने भन्दै पात्रोमा चिन्ह लगाई सकेको बताए ।
चुनाब प्रचार तथा प्रसारसँग सम्बन्धित कार्यक्रम अनुसार अप्रिल ९ तारिख नेजाले आयोजना गरेको सन् फ्रान्सिस्को, अप्रिल १० तारिख नेपालीज अमेरिकन युथ एसोसिएसन न्युयोर्क, अप्रिल ११ मा सम्प्रेसनले आयोना गरेको कार्यक्रम, अप्रिल १२ तारिख नेजाले डालस टेक्सासमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुने छु भनि बताए ।
उपयुक्त कार्यक्रम बाहेक बाझिने कुनै पनि कार्यक्रम आधिकारिक नहुने जानकारी गराउँदै माहौल मेरो पक्षमा बन्दै छ । जनलहर आफ्नो तर्फ वृद्धि हुदैछ भन्दै आफु बिजयी बन्ने कुरामा बिश्वस्त रहेको बताए ।
पौडेल विश्व–ब्यापी रुपमा आप्रवासीका समस्याका बारेमा सचेत तथा तिनका निराकरणतर्फ उन्मुख छन् ।
बिशेष गरी अमेरिकामा रहेका नेपालीहरुका मुल मुद्दाहरु -नेपाली नागरिकताको निरन्तरता, पैत्रिक सम्पत्ती माथि हुनुपर्ने नैसर्गिक अधिकार, नेपाली बजारमा आप्रवासीलाई सुहाउँदो लगानीका बातावरण, अमेरिकी बजारमा दक्ष नेपाली, शिक्षित प्राबिधिकलाई काम गर्न पाउने प्रवेश आज्ञाको प्रबन्ध आदी कुरामा उनी लाग्ने जमर्को गर्दैछन् ।
















प्रतिक्रिया