काठमाडौं । फेन्सी पसल, अस्पतालमा लुगा फेर्ने ठाउँमा सिसी क्यामेरा लगाइएको सुनिएको थियो । सिसी क्यामेराबाट महिलाका गोप्य अंगहरु देखिने गरी भिडियो बनाउने गरेको घटना सार्वजनिक हुन्थे ।
तर, अचेल त सम्पूर्ण देश सञ्चालनको जिम्मेवारी लिएका मन्त्रीकै लुगा फेर्ने कोठामा सिसी क्यामेरा राखेर गोप्य अंग प्रदर्शन हुने अश्लील भिडियो बनाउन थालिएको छ ।
भारतको केन्द्रीय सरकारकी महिला शिक्षा मन्त्री स्मृति इरानीको लुगा फेर्ने कोठामा सिसी क्यामेरा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । छुट्टी मनाउन गोवा पुगेकी मन्त्री इरानी एक डिपार्टमेन्ट स्टोरमा कपडा फेर्दा सिसिटिभीमा कैद भएको छ ।
गोवा स्थित एक कपडा फेर्ने स्टोरमा महिला मन्त्री इरानीको गोप्य अंगको भिडियो बनाउने क्यामेरा पाइएको हो । क्यामेरा भेटिएपछि भारतीय सरकारमा मन्त्रीको कडा आलोचना भएको छ । सुरक्षा अधिकारीको पनि आलोचना भएको छ ।
प्रहरीले क्यामेरा कस्ले राख्यो भनेर अनुसन्धान थालेको छ । यस विषयमा मन्त्री इरानीले मुख खोलेकी छैनन् । भारतीय सञ्चारमाध्यमको विश्लेषण अनुसार मन्त्री इरानीको गोप्य अंग प्रदर्शनको भिडियो निरन्तर खिचेर पोर्न साइटमा बेचिँदै आएको थियो ।
सरकारकै मन्त्रीको यसरी भिडियो बन्दा जनता कदापी सुरक्षित हुन नसक्ने जनाइएको छ । एजेन्सी













प्रतिक्रिया