१३ कार्तिक २०८३, शुक्रबार

रमेश खरेललाई फेरि अर्को धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramesh-Kharel

काठमाडौं, २४ चैत । रमेश खरेल प्रमुख रहेको मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरतर्फले अघि बढाएको भर्ना प्रक्रिया प्रहरी मुख्यालयले रद्द गरेको छ । लिखित परिक्षामा उत्तिर्ण गरेकाहरुलाई जभाभावी नम्बर दिइएको भन्दै खरेलको भर्ना प्रक्रियालाई हेडक्वार्टरले संशोधन गरेको हो । अन्तर्वार्ता परीक्षामा सहभागी उम्मेदवारहरुको अन्तर्वार्ता पुन: हुने भएको छ

आज प्रकाशित दृष्टि लेख्छ- नेपाल प्रहरीमा विभिन्न कारणले रिक्त रहेको प्रहरी जवान पद खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट गत असोज २४ गते प्रकाशित बिज्ञापन अनुसार लिखित परीक्षामा सहभागी भई उत्तीर्ण भएका उम्मेदवारहरुको पुन अन्र्तवार्ता हुन गइरहेको छ ।

यसअघि लिइएको अन्तर्वार्ता विशेष कारणले रद्द हुन गएकोले आगामी बैशाख २ देखि ७ गतेसम्म भरतपुर अन्तर्गतका लिखित परीक्षा उत्तीर्ण सम्बन्धित सबै उम्मेदवारहरुको पुन: अन्तर्बार्ता परीक्षा हुने प्रहरी मुख्यालयको बिज्ञप्तीमा उल्लेख छ ।