३ कार्तिक २०८३, मंगलबार

बन्द अपडेट: यात्रु बनेर ट्याक्सी चढे, ओर्लिँदा छापामार शैलीमा जलाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ चैत । एमाओवादीका कार्यकर्ताहरुले आमहड्तालको पहिलो दिन मंगलबार एकाबिहानै ललितपुरको बालकुमारीमा नाटकीय शैलीमा ट्याक्सीमा आगजनी गरेका छन् ।

त्रिभुवन विमानस्थलमा आफन्तलाई पुर्याएर ललितपुरतर्फ फर्किरहेका हेटौँडा निवासी नीरज बानियाँको बा१ज १८७७ नं को ट्याक्सीमा दुई जनाले पेट्रोल छर्किएर आगजनी गरेका हुन् ।

यात्रु बनेर पाटन अस्पताल जाने भनी ट्याक्सीलाई रोकेर अपरिचित दुई आन्दोलनकारीले बिहान सवा ५ बजे पेट्रोल छर्केर आगजनी गरेको पीडित बानियाँले जनाएका छन् । उनका अनुसार, अस्पतालमा जाने भन्दै सहायता गरेका व्यक्तिले केही पर पुग्नासाथ ट्याक्सी रोकेर एकाएक छापामार शैलीमा आजगनी गरेका थिए ।

van-todphod
बुद्धनगरमा तोडफोड भएको भ्यान

आगजनीबाट ट्याक्सी पूर्णरुपले क्षति भएपछि चालक बानियाँ अब आफूले परिवार कसरी पाल्ने भनेर हारगुहार गर्दै रोइरहेका छन् ।

एनेकपा मााओवादीको नेतृत्वमा आन्दोलनरत ३० दलीय मोर्चाको बिहानैदेखि हिंसात्मक बन्न थालेको छ । बन्दकर्ताले काठमाडौँको विजुलीबजार बुद्धनगरमा पनि बा १ च ९४८७ नम्बरको पाउरोटी बोकेको भ्यान तोडफोड गरेका छन् । प्रहरीले दुई जनालाई बुद्धनगरबाट पक्राउ गरेको छ ।

सहमतिको संविधान लेखनका लागि दबाब सिर्जना गर्ने जनाउँदै एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले तीन दिने आमहड्तालको आयोजना गरेको हो ।