दमौली, २३ चैत । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले आफूहरु सडक आन्दोलन रोक्न तयार रहेको घोषणा गर्नुभएको छ ।
दमौली पुगेका बाबुरामले भोलीदेखि आयोजना गरेको तीन दिने आमहड्ताल कार्यक्रम फिर्ता लिन आफूहरु तयार रहेको घोषणा गर्नुभएको हो । तर, त्यसका लागि विगतका सम्झौता र सहमतिलाई आधार बनाएर संविधान बनाउन सत्तारुढ दल तयार हुनुपर्ने बाबुरामको शर्त छ । शर्त पूरी नभए मंगलबारबाट बन्द गरि छाड्ने भट्टराईको भनाइ छ ।
क्रान्तिकारी पत्रकार सङ्घ तनहुँले दमौलीमा आयोजित गरेको पत्रकार भेटघाटमा उहाँले सत्तापक्षले आगामी जेठ १५ भित्रै संविधान जारी गर्ने गरी विगतका सम्झौतामा रहेर सहमति हुन्छ भने आफूहरु जुनसुकै बेला आन्दोलन रोक्न तयार रहेको बताउनुभयो ।
उहाँले आफूहरूले लचकता अपनाए पनि नेपाली काँग्रेस र नेकपा एमालेले संविधान बनाउन नचाहेकाले सहमति नभएको आरोप लगाउनुभयो । आफूहरूलाई उपेक्षा गरी संविधान निर्माण प्रक्रिया अघि बढाइए सडकबाटै संविधान निर्माण गर्ने चेतावनीसमेत नेता भट्टराईले दिनुभयो ।














प्रतिक्रिया