३० आश्विन २०८३, शुक्रबार

सगरमाथा भारतीय सेनाको कब्जामा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

everestsagarmatha-india

– कमलराज भट्ट

काठमाडौँ । नेपालको अस्मितामाथि खिल्ली उडाउँदै भारतीय सेनाको टोली विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा आइपुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले थालेको ‘स्वच्छ भारत अभियान’को बहानामा नेपाली भूमिमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथामा भारतीय सेना प्रवेश गरेको हो । 

स्वतन्त्र र सार्वभौम देशको अस्तित्व खै ? भारत सरकारको ‘स्वच्छ भारत अभियान’ नेपालको सगरमाथासम्म कसरी आइपुग्यो ? नेपाल र भारत भिन्दाभिन्दै देश हुन अथवा एउटै ? के नेपालले आफ्नो सगरमाथाको आफै सरसफाइ गर्न सक्दैन ? के नेपाल भन्ने देश मरिसकेको हो ? कसैले किन प्रतिवाद गरेनन् गर्दैनन् ?