काठमाडौं, २३ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह एक महिले लामो भारत भ्रमणमा जान लागेका छन् । ज्ञानेन्द्रका सँग पूर्व रानी कोमल शाह पनि भारत जादैछिन् ।
पूर्व राजा ज्ञानेन्द्र स्वास्थ्य परीक्षणका लागि आउँदो शुक्रबार दिउँसो दिल्ली जान लागेका हुन् । भारतको दिल्लीमा ज्ञानेन्द्रसँगै पूर्व रानी कोमलको पनि स्वास्थ्योपचार गरिनेछ ।
पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले दिल्ली भ्रमणको उद्देश्य स्वास्थ्य परीक्षणमात्रै रहेको जानकारी दिनुभयो ।
केही दिन अघि हिमानी पनि भारत भ्रमणमा गएकी थिईन् । यता निर्वल निवासमा पारसलाई भित्र्याउने तयारी भइराखेको छ ।
पारस घर आउन लागेपछि असन्तुष्ट हुँदै पूर्वराजा ज्ञानेन्द्र उपचारको बहानामा भारत गएको सरोकारवा बताउँछन् ।














प्रतिक्रिया