– सुशिल नेपाल
पाल्पा २३ चैत । पाल्पा जिल्लामा विद्युत समस्या सुरु हुन थालेको छ । हुरी बतास चल्ने मौसम सुरु भएसंगै पाल्पामा विद्युत लाइन विग्रिएर लोडसेडिङ बढेको हो ।
यो समस्या पाल्पालीको यो बर्षको समस्या नभै बिगतका बर्षदेखि नै भोग्दै आएको समस्या हो । पाल्पामा यो समस्या केही दिनअघि हावाहुरी सँगै परेको पानिले सुरु गरेको हो । हरेक बर्ष यो समस्या झेल्दै आएका पाल्पालीले यो बर्ष पनि यस्तो समस्या झेन्ने क्रम शुरु भएको छ ।
गत बिहीबार गएको लाइन अर्कोदिन शुक्रबार साँझ मात्र आयो । यसरी लाइन जाँदा कतिपयका मोबाइल अफ भएर सम्पर्कविहीन भए भने केही सञ्चारमाध्यममा समेत प्रत्येक्ष असर पार्यो ।
अझ लाइनको सहारामा चल्ने विशेष मोबाइल पसल त बन्द नै रहे । ‘लाइन नभै कामै हुँदैन त्यसैले मैले पनि शुक्रबार पसल नै बन्द गर्नुपर्यो’ तानसेनका मोबाइल पसल सञ्चालक बिमल पौडेलले भने ।
शुक्रबार साँझपख आएको लाइन पुन शनिबार परेको असिना पानिसँगै पुनः दिउँसोदेखि आइतबार साँझसम्म अबरुद्व हुन पुग्यो । यता विद्युत प्राधिकरणले भने बुटबलबाट पाल्पा आउने लाइन जंगलको बाटो हुँदै आउने र हावाहुरी सँगै पानी पर्नासाथ जाने र बनाउन पनि कहाँबाट बिग्रियो पहिचान गर्न नै गाह्रो हुनाले समस्या हुँदै आएको बतायो ।
तानसेनको एक इन्ष्टिच्युटका सञ्चालक कृष्ण पौडेल भन्छन ‘लाइन गएसँगै प्राधिकरणमा जहिले फोन गर्दा पनि प्राय फोन नै लाग्दैन, लागिहाल्यो भने पनि जहाँबाट बिग्रिएनि बुटवलबाटै बिग्रीयो भन्छन, त कहिले हामीलाई थाहा छैन भन्छन ।’
यसरी सोधपुछका लागि फोन गर्दा पनि कहिले फोनै नउठने त उठेपनि गैर जिम्मेवारीपुर्ण जवाफ दिने उपभोक्ताहरु गुनासो गर्छन् ।















प्रतिक्रिया