३० आश्विन २०८३, शुक्रबार

नेता ढकाललाई अन्तिम श्रद्धाञ्जलि दिइदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-nath-Dhakal1काठमाडौं, २३ चैत । नेकपा –एमाले)का नेता स्वर्गीय रामनाथ ढकाललाई आज अन्तिम श्रद्धाञ्जलि दिइएको छ ।

पार्टी मुख्यालय बल्खुमा नेता ढकालको पार्थिव शरीरमा शुभेच्छुक, एमालेका तथा अन्य दलका नेता एवम् कार्यकर्तालगायतले श्रद्धाञ्जलि दिइरहेका छन् ।

नेता ढकालको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल, महासचिव ईश्वर पोखरेललगायतका पदाधिकारी र केन्द्रीय नेताहरूले पनि श्रद्धाञ्जलि दिइसकेका छन् । पार्टी कार्यालय बल्खुमा शुभेच्छक र समर्थकहरू उल्लेख्य रुपमा जम्मा भएका छन् ।

स्वाइन फ्लुबाट पीडित नेता ढकालको उपचारका क्रममा काठमाडौंमा आइतबार निधन भएको थियो ।

श्रद्धाञ्जलिपछि नेता ढकाललाई आजै पशुपति आर्यघाटमा अन्त्मि दाहसंस्कार गरिनेछ । दाहसंस्कार एघारपछि गर्ने कार्यक्रम छ ।