३ कार्तिक २०८३, मंगलबार

डाक्टरलाई बलात्कार गरेर हत्या गर्ने सब–इन्सपेक्टरविरुद्ध मुद्दा दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-police– कालु बोहरा
अछाम, २२ चैत । अछाममा प्रहरी सहायक निरीक्षकले नै बलात्कारपछि एक स्वास्थ्यकर्मीको हत्या गरेको भनि किटानी जाहेरी १० दिनपछि जिल्ला प्रहरी कार्यालय अछाममा आईतवार दर्ता भएको छ ।

अछामको भैरवस्थान प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) धनवीर सिंह धामीले एक स्वास्थ्यकर्मी महिलाको बलात्कारपछि हत्या गरेको भनि किटानी जाहेरी गर्दा समेत दर्ता गर्न नमानेको मुद्दा सबै क्षेत्रको दवावपछि अछाम प्रहरीले आईतवार दर्ता गरेको हो ।

मुद्दा दर्ता गर्नका लागि पटक पटक पीडित परिवार र कानुन ब्यावसायि जिल्ला प्रहरी कार्यालयमा धाँउदा समेत अछामका प्रहरी प्रमुख डिएसपी दिलिप देउवाले आफै स्थलगत अनुसन्धान गरेर मात्र मुद्धा दर्ता गर्ने भन्दै आलटाल गरेका थिए ।

जिल्ला स्थित मानव अधिकारकर्मी, महीला अधिकार कर्मी, सञ्चारकर्मी, लगायत सरोकारवालाको दवावपछि पीडित परिवारले मुद्दा दर्ता गर्न पाएका हुन् । यही चैत्र १२ गते किटानी सहित मुद्धा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पुगेका पिडित परिवारलाई डिएसपी देउवाले आफै अनुसन्धान गरीसकेपछि मात्र दर्ता गर्न सकिने भन्दै फर्काएका थिए ।

रानीवन उपस्वास्थ्यचौकीमा कार्यरत अनमी कलादेवी जैसीलाई प्रहरी सहायक निरीक्षक धनविर सिंह धामीले उनकै घरभित्र पसेर बलात्कार गरी जंगलमा लगेर हत्या गरेको पिडित पक्षको भनाई रहेको छ ।

पीडित परिवारका अनुसार असई धामीले ४६ वर्षकी अनमी जैसीमाथि लामो समयदेखि हिंसा गर्दै आएका थिए । असई धामीले गत २८ फागुनको मध्यराति २ बजे जैसीकै घरभित्र प्रवेश गरी जबरजस्ती करणी गरी हत्या गरेको मृतकका छोरा धनञ्जय न्यौपाने (जैसी)ले दायर गर्नुभएको किटानी जाहेरीमा उल्लेख गरिएको छ ।

न्यौपानेका अनुसार प्रहरी सहायक निरीक्षक धामीले अनमी कलादेवीलाई बलात्कारपछि राति नै लछारपछार गर्दै जंगलतिर तानेर लगेका थिए । सोही समयदेखि बेपत्ता भएकी उनको १३ दिनपछि शव भेटिएको थियो ।

उनको शव भैरवस्थान–३ स्यालघाट भन्ने स्थानमा फेला परेको थियो । प्रहरी सहायक निरीक्षक धामीले आफूलाई मुद्दा नहालिदिन आग्रह गरेको भन्दै धनञ्जयले भने आफुलाई पटक–पटक पैसाको लोभ देखाउने गरेको पनि बताएका छन ।

यसैविच, प्रहरीवाटै महीलाको बलात्कार पछि हत्या भएको भन्ने विषयमा रिर्पोटिंग गर्नका लागि गएका अछाम स्थित सञ्चारकर्मीहरुलाई जिल्ला प्रहरी कार्यालय अछामले दुब्र्यवहार गरेको छ ।

उक्त बिषयमा किटानी जाहेरी हुदै गर्दा समाचारका लागि गएका सञ्चारकर्मीहरुलाई भित्र प्रवेशमा निषेध गरिएको सञ्चारकर्मीले बताएका छन् ।

आज करिब १ बजे बलात्कार गरी हत्या गरीएकि कलादेवी जैशीको मुद्दा दर्ता प्रक्रिया बुझन भनि गएका पत्रकार महासंघ अछाम शाखाका सचिव शिवराज ढुंगाना, रेडियो सोसाईटी एफएमका निर्देशक धुव्र विसी, रामोशन दैनिकका प्रकाशक नरेश कुमार शाही, खप्तड न्युजका विष्णु भण्डारी र बैद्यनाथ राष्ट्रिय दैनिकाका प्रकाशक तुल बहादुर कुँवर माथि दुव्र्यहार भएको छ ।

जिल्ला प्रहरी कार्यालय गेटमामा पुगेका संचारकर्मि माथि सुरक्षा कर्मिबाट पत्रकारलाई भित्र जान निर्देशन नभएको भन्दै बाहिर गेटबाट फिर्ता गरिएको थियो ।