सन्तोष काफ्ले
धरान, २२ चैत । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले आज आइतबार प्रतिष्ठानका चारैजना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
केही समय अगाडि प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान् कार्यालयको पूर्वाञ्चल सम्पर्कको सम्पर्क कार्यालय इटहरीको टोलीले छापा मारी महत्वपूर्ण कागजातजफतगर्नुमा प्रतिष्ठानकै कर्मचारीहरुको हात रहेको प्रतिष्ठानका उपकुलपतिप्रा.डा. बलभद्र दाशले अभिव्यक्ति दिएको भन्दै आक्रोसित कर्मचारीहरुले प्रतिष्ठानको उपकुलपति, शिक्षाध्यक्ष, आर्थिक प्रशासन शाखा, कुल सचिवको कार्यकक्षमातालाबन्दी गरेका हुन् ।
कर्मचारी कल्याण तदर्थ समितका अध्यक्ष राजन कोइरालाले प्रतिष्ठानका जिम्मेवार व्यक्तिले यस्तो अभिव्यक्ति दिनु लज्जास्पद भएको भन्दै यस्तो गैर जिम्मेवार अभिव्यक्ति नदिन आग्रह समेत गर्नुभयो ।
प्रतिष्ठानले कर्मचारीहरुलाई हेपाहा दृष्टिले हेर्ने गरेको आरोप लगाउदै भोलि सोमबारदेखि विगतमा थाति रहेका सेवासुविधा लगायतका मागलाई समेत अगाडि सारेर धर्नालाई निरन्तरता दिने अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।
दुई खेमामा विभाजन भएका समाजका संस्थापन पक्ष मानिएका सुजेन्द्र तामाङ्ग गोलेको समूहले कुनै आन्दोलनको घोषणा सार्वजनिक गरेको छैन् ।
यसै विषयमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्र दाशले यस उनीहरुरुले लगाएको आरोपको विषयमाबोल्न चाहनुभएन । तर यस विषयमा शिक्षाध्यक्ष विक्रमप्रसाद श्रेष्ठले आफूहरुलाई आफ्नै कार्यकक्षमातालाबन्दी गरेको विषयमा केही जानकारी नभएको बताउदै यस विषयमाकर्मचारीहरुलाई राखेर छलफल गरिने बताउनुभयो ।
प्रतिष्ठान आन्दोलनकै कारण बेला बेला चर्चामा आउने गरेका कारण आन्दोलन गर्ने थलोको रुपमा परिणत बन्दै जानुमा सर्वसाधारणले समेत नकरात्मक रुपमा लिने गरेका छन् ।















प्रतिक्रिया