– सुदीप अधिकारी
बर्दिया, २२ चैत । बर्दिया प्रहरीले आइतबार विभिन्न जातका करिव १ सय ९५ क्युफिट अवैध काठ बरामद गरेको छ ।
प्रहरीले गुलरिया नगरपालिका– १२ बाट उक्त परिमाणमा अवैध काठ बरामद गरेको हो ।
गोप्य सुचनाको आधारमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको सयुक्त टोलीले गुलरिया नगरपालिका– १२ खालीपुरुवाबाट सागुन जातको काठ करिव ९८ क्युफिट, सिसौ ८१ र सालको १० क्यूफिट काठ लुखाईछिपाई राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक दिपककुमार बस्नेतले बताए ।
बरामद गरिएको काठमा ३३ थान सिसौ, ४० थान सागुन र २० थान सालको काठ रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनायो ।
बरामद गरिएको काठको मुल्य करिव २ लाख ९० हजार रहेको प्रहरीको भनाई छ । बरामद गरेका काठ प्रहरीले जिल्ला वन कार्यालयमा पठाएको छ ।















प्रतिक्रिया