झापा, २२ चैत । जगतगूरुको जन्मस्थलको सरक्षण तथा पुर्वीय दर्शन अध्ययन गर्ने लक्ष्यको साथ झापाको बुधबारेमा राष्ट्रशान्ति महायज्ञ सुरु भएको छ ।
सिँचाई मन्त्री एनपी साउँद र जगत गूरु बाल सन्तले आज एक कार्यक्रमकाबीच झापाको बुधवारे ५मा महायज्ञको उद्घाटन गर्न भएको हो । महायज्ञ समारोहमा सिँचाई मन्त्री साउँद र पुरातात्विक विभागका महानिर्देशक भेष नारायण दाहाललाई अभिनन्दन समेत गरिएको छ ।
नेपाल प्रशिद्ध बाल सन्तको रुपमा चिनिएका बाल सन्तले आफनो अंशको जमिन बुधवारेवासीलाई निशुल्क हस्तान्तरण गरेसँगै हौसिएका स्थायिनवासीहरुले बाल शन्तको जन्मस्थलमा आज आइतबारबाट महायज्ञ सञ्चालन गरेका हुन् ।
जगतगुरु को जन्मस्थलको संरक्षण गर्न पुर्वीय दर्शन अध्ययन केन्द्रको नाममा संस्था दर्ता गरी महायज्ञ सञ्चालन गरिएको यो काम बाट महाकाली सम्मको विद्धवानहरु ल्याइ धर्म तथा सनातनताको संरक्षण गर्न लागिएको अयोजकका मनिस दाहालले जानकारी दिनु भएको छ ।
बुधवारे गाविसको बाड नम्वर ५मा डिल्ली राम र तुलसा देवी भट्टराईको कोखबाट जन्मिनु भएका बाल सन्त ले विगतमा राष्टिय स्तरको सम्मान समेत पाइसक्नु भएको छ ।
आउँदो चैत्र ३०गते सम्म सञ्चालन हुने महायज्ञमा पण्डित पुरुत्तोषम सापकोटाले कथावाचन गर्नु हुने भएको छ । महायज्ञ उद्घाटन सत्रमा झापाको प्रमुख जिल्ला अधिकारी देखि प्रसासनको प्रमुख सहित राजिनीतिक दलको अगुवाहरु को स मेत बाक्लो उपस्थिती रहेको थियो ।















प्रतिक्रिया