काठमाडौ, २२ चैत । नेकपा एमालेका पोलिटब्युरो सदस्य रामनाथ ढकालको पार्थिब शरीर आज ग्राण्डी अस्पतालमै राखिने भएको छ ।
शिक्षण अस्पताल महाराजगञ्जमा ल्याउने तयारी भएपनि ग्राण्डी अस्पतालले नै पार्थिक शरीर राख्ने व्यवस्था मिलाइदिएको एमाले केन्द्रीय सदस्य डा राजन भट्टराईले जानकारी दिनुभयो ।
उहाँको पार्थिब शरीर शनिबार बिहान ८ बजे अन्तिम श्रद्धान्जलीका लागि पार्टी मुख्यालय बल्खुमा राखिने भएको छ । बिहान ११ बजेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने एमालेले जनाएको छ । एमालेले श्रद्धान्जली र अन्तिम संस्कारमा सहभागी हुन पार्टीका कार्यकर्तालाई अपिल समेत गरेको छ ।
२०१९ सालमा गुल्मीमा जन्मिएका ढकालको ५२ बर्षको उमेरमा आज दिउँसो १ बजेर ४० मिनेटमा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
यो पनि पढ्नुहोस्:
नेता ढकालको निधनले एमाले स्तब्ध, यसकारण गयो ज्यान















प्रतिक्रिया