३ कार्तिक २०८३, मंगलबार

चैत ३० मा गुल्मी पूर्ण खोपयुक्त जिल्ला घोषणा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khope– शिबलाल सुबेदी

गुल्मी २२ चैत । गुल्मी जिल्लालाई आउँदो चैत ३० गते पूर्ण खोपयुक्त जिल्ला घोषण गरिने भएको छ । जिल्ला खोप समन्वयन समिती गुल्मी र बिभिन्न सरोकारवालाहरुको आइतवार बिहान बसेको बैठकले जिल्लालाई चैत ३० गते पूर्ण खोप जिल्ला घोषणा गर्ने निर्णय गरेको हो ।

घोषणा सभामा स्वास्थ्य तथा जनसख्यामन्त्री खगराज अधिकारी प्रमुख अतिथीका रुपमा उपस्थिती गराउने निर्णय समेत बैठकले गरेको छ । साथै बसेको जिल्ला खोप समन्वय समितिको बैठकले कार्यक्रममा गुल्मी जिल्लाका सम्पूर्ण सभासदहरु, मुख्य सचिव लिलामणी पौडेल, स्वास्थ्य कार्यालय अन्तर्गत बरिष्ठ विभागिय ब्यक्तिहरु लगायतलाई बिशेष अतिथीका रुपमा समेत आमन्त्रण गरिने निर्णय गरेको छ ।

तम्घासको बालमन्दीरमा भब्य कार्यक्रमका विच जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्ने कार्यक्रम रहेको जिल्ला जनस्वाास्थ्य कार्यालयका प्रमुख डाक्टर रामचन्द्र पाठकले जानकार दिनुभयो ।

यो भन्दा अघिनै स्वास्थ्य कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला पूर्ण खोप भएको जानकारी भने दिईसकेको छ ।

स्थानीय विकास अधिकारी डिलाराम पन्थीको अध्यक्षता तथा खोप सुपरभाईजर श्याम पोख्रेलको संचालनमा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरे, प्रहरी नायव उपरीक्षक हिमालय कुमार श्रेष्ठ, नेपाली कांग्रेसका भुवन प्रसाद श्रेष्ठ, एमालेका शेषकान्त गौतम, एमओबादीकाा युवराज केसी, नेकपा माओबादीका बिरबहादुर कार्की, पत्रकर, अरु विभिन्न कार्यालयका प्रमुखहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।